शुक्रबारको विनिमयदर: अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ०६ पैसा

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आजका ९शुक्रबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रूपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रूपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रूपैयाँ ६२ पैसा र बिक्रीदर २०५ रूपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८८ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ ५३ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रूपैयाँ ६० पैसा र बिक्रीदर ११९ रूपैयाँ ०७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ६३ पैसा र बिक्रीदर नौ रूपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ५३ पैसा र बिक्रीदर २२ रूपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ ४९ पैसा र बिक्रीदर ४० रूपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रूपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६० पैसा र बिक्रीदर चार रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४१ रूपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ १८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ६७ पैसा र बिक्रीदर १० रूपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ४७ पैसा र बिक्रीदर २३ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ३८ पैसा र बिक्रीदर १९ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रूपैयाँ १५ पैसा र बिक्रीदर ४९७ रूपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रूपैयाँ २९ पैसा बिक्रीदर ४०४ रूपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३९६ रूपैयाँ ५० पैसा रहेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  ०९ : ०३  बजे