काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ २७ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रूपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रूपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रूपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रूपैयाँ १४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ६० पैसा र बिक्रीदर नौ रूपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ५३ पैसा र बिक्रीदर २२ रूपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ ५० पैसा र बिक्रीदर ४० रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रूपैयाँ ८९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६० पैसा र बिक्रीदर चार रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४१ रूपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ७४ पैसा र बिक्रीदर १० रूपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०२ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ४५ पैसा र बिक्रीदर २३ रूपैयाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ३८ पैसा र बिक्रीदर १९ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४९७ रूपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रूपैयाँ २४ पैसा बिक्रीदर ४०४ रूपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३९६ रूपैयाँ ४५ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।







प्रतिक्रिया