काठमाडौं, २१ साउन। काठमाडौं उपत्यकासहित देशका अधिकांश शहरी क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव अझै कायमै रहेको छ। उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर डिलर र उद्योगमा घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन्।
सरकारले नियमित आपूर्ति भइरहेको दाबी गरे पनि करिब एक सातादेखि बजारमा ग्यास अभाव देखिएको छ। उपभोक्ताहरूले ग्यास नपाउँदा दैनिक जीवन प्रभावित भएको र खाना पकाउन समेत समस्या भएको बताएका छन्।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या भए ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ। प्राप्त गुनासोका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल आवश्यक पहल गरिने मन्त्रालयले जनाएको छ।
यसअघि मध्यपूर्वको तनावका कारण आधा सिलिन्डर ग्यास बिक्री गरिएको थियो। हाल पुनः १४.२ किलोको पूर्ण सिलिन्डर बिक्री सुरु भएपछि बजारमा माग बढ्दा अभाव देखिएको जनाइएको छ।







प्रतिक्रिया