सुनचाँदीको भाउ घट्ने क्रम रोकिएन, सुन तोलाको ११ सयले गिरावट

काठमाडौं, २९ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएको छैन । सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा बिहीबार पनि गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ८८ हजार चार सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला…