बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड दिने

काठमाडौं, २४ असोज । अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ। स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अस्ट्रेलियाले थप १ करोड ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने जानकारी दिनुभयो। यसअघि घोषणा गरिएको १ करोड १०…