महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बिहानै चोरी, कम्प्युटर लिएर चोर फरार

काठमाडौं, २ मंसिर । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बुधबार बिहान कम्प्युटर चोरी भएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिँदै सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्नुभएको छ ।

उहाँका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको थियो । चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ ।

पुनले घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको बताउनुभएको छ ।

https://www.facebook.com/611465478/videos/pcb.10165879212550479/2189252578651979?cft[0]=AZhxtC7hizPEViL4tNyymwCQOIe-ehTRnOotMKmb6CKG0zg6J8UwET3BmbBewlZBklsoHMhIZuOFMU6mLebhBxvibH2eAPWkRqZJra8Gt1utrfjPWrpVpqmOEPh9d-uKNusZWY7Dm-pjWDdw1vQ4p9CMdta0Yi0oxhiXpHAqBBD8uwtUhGU1AGw&tn=*b1H-R

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार  ०७ : २५  बजे