जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतारचढाव

टोकियो, ९ माघ । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले आज देखाएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ भरि चामलको मूल्य ६७.५ प्रतिशतले बढेको छ, जुन सन् १९७१ पछि उपलब्ध तुलनात्मक तथ्याङ्कमा सबैभन्दा ठूलो वृद्धि…