प्रश्नपत्र चुहावटविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा, सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

काठमाडौं, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट–यूजी (NEET-UG) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न दोषीमाथि कडा कारबाही गर्न नयाँ कानुन ल्याउने घोषणा गर्नुभएको छ। बिहीबार मध्यराति देशका विद्यार्थीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा सजाय, फास्ट ट्र्याक अदालतमार्फत सुनुवाइ तथा दोषीलाई शीघ्र कारबाही गर्ने व्यवस्था समेटिएको विधेयक आगामी साता…