हर्मुज जलमार्गमा सहमतिको संकेत, अमेरिका–इरानबीच मुख्य विवाद भने यथावत्

एजेन्सी। विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्गको सञ्चालनलाई लिएर अमेरिका र इरानबीच अस्थायी सहमतिको सम्भावना देखिएको छ। यद्यपि, मुख्य विषयहरूमा दुवै पक्षबीच गम्भीर मतभेद कायम रहेकाले अन्तिम सम्झौता अझै टुंगोमा पुगेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताभित्र सम्झौता हुन सक्ने दाबी गरेका छन्। उनले सहमति हुन नसके इरानविरुद्ध सैन्य…