कैलाली ७ कात्तिक । कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातबिघानजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको मृत्यु गएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार, टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ का…