राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा

काठमाडौं, १० कातिक ।  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौको गुह्वेश्वरी पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ ।राष्ट्रपति पौडेलले आज पशुपति क्षेत्रमा रहेको गुह्वेश्वरी मन्दिर अगाडि बागमती नदी किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको हो । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि गुह्येश्वरी पुग्नुभएको थियो । देशका विभिन्न भागमा…