प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूची ?

काठमाडौं, १९ साउन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संघीय संसद्का महासचिवले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ । लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा…