काठमाडौं, १३ पुस। नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।आइतबार बसेको पार्टी सचिवालय बैठकले समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।‘बन्दसूचीलाई भोलि समयमै पठाउने कुराले विभिन्न जिल्लाबाट प्रदेशबाट जसरी सिफारिस भएको छ,’ भट्टले भन्नुभयो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई…