रक्षाबन्दन : नकारात्मक तत्वबाट सुरक्षा

काठमाडौं, २३ साउन । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत जनै एव रक्षाबन्धन धारण गरेर मनाइँदैछ । भोली बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । प्रत्येक वर्ष रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि…