काठमाडौं, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आजदेखि सेवा ग्राहीले ट्रायल पास गरेपछि राजश्व तिरेको २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र पाउने बताउनु भएको छ । काभ्रेको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको अवलोकन गर्दै मन्त्री तिमिल्सिनाले यसबारे जानकारी दिनुभयो । उहाँले गाडी चालक अनुमतिपत्र छपाइको अवस्थाबारे पनि जानकारी लिनुभएको छ…