काठमाडौं, ७ कात्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको बताउनुभएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै वाग्लेले नेपालको नयाँ नेतृत्व विगतको भन्दा फरक रहेको र प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले भारतसँग अझ राम्रो सम्बन्ध निर्माण गर्न चाहेको बताउनुभयो ।
नेपाल र भारतबीचको सम्बन्धमा कहिलेकाहीँ कठिनाइ उत्पन्न भए पनि दुवै देश एकअर्कासँग गहिरो रूपमा जोडिएका उहाँले उल्लेख गर्नुभयो । भौगोलिक निकटतासँगै सांस्कृतिक सम्बन्धले पनि दुई देशलाई जोडेको उहाँको भनाइ थियो ।
वाग्लेले प्रधानमन्त्री शाहले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने बताउनुभयो । उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले भारतको विकासबाट नेपालले पनि लाभ लिन सक्ने बताउनुभयो ।
संकटका बेला नेपाललाई सहयोग गरेको भन्दै वाग्लेले भारतको प्रशंसा पनि गर्नुभयो । भूकम्पदेखि पछिल्ला बाढीसम्मका विपद्मा भारत नेपाललाई सहयोग गर्न अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।












प्रतिक्रिया