धनगढी,२० असोज । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घरनजिकै चट्याङ परेको थियो। त्यसको झिल्का लाग्दा उनीहरू घाइते भएका हुन्। घाइते हुनेमा धनगढी–१७ धुर्जन्नाकी ३५ वर्षीया आरती चौधरी,…