सर्वोच्चमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

काठमाडौं, २० असोज । सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश पदमा न्याय परिषद्ले सिफारिस गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशमध्येबाट चार जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो। परिषद् स्रोतका अनुसार यसपटक कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायाधीशमा कोही पनि सिफारिस भएका छैनन्। परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा…