काठमाडौं, १९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी पाउनुभएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल वैदेशिक भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले उहाँहरूको अनुपस्थितिमा मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक सम्हाल्ने गरी तोक्नुभएको हो । अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा संयुक्त राज्य अमेरिकाको…