काठमाडौं,१८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ‘निषेधको राजनीति’ त्यागेर संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले वर्तमान राजनीतिक व्यवस्था र संविधानका कमजोरीको समीक्षा गर्दै मुलुकलाई निकास दिन सबै पक्षलाई समेटेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभयो। पछिल्लो पाँच वर्षको राजनीतिक यात्राको समीक्षा…