गोरखा, १४ कात्तिक । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिनुभयो । न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उहाँले बताउनुभयो । “भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ । टाउको मात्र देखिएको…