धनगढी । डोटीमा शिक्षिका मृत्यु प्रकरणमा शुक्रवार प्रतिवादीको बयान लिने तयारी गरिए पनि सरकारी वकिल नहुँदा रोकिएको छ। जिल्लामा सरकारी वकिल नहुँदा बयान कार्तिक १७ गतेसम्मका लागि सरेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार शुक्रवारदेखि प्रतिवादीको बयान लिने प्रक्रिया अगाडि बढाउने भनिए पनि सरकारी वकिल जिल्लामा नहुँदा उक्त काम पछि सरेको…