टीकाथलीबाट युवक अपहरणको आशंका, ‘प्रहरी हौँ’ भन्दै लगेको २० घण्टासम्म अत्तोपत्तो छैन

काठमाडौं, २४ साउन । काठमाडौंको कोटेश्वरबाट टीकाथलीस्थित डेरातर्फ जाँदै गरेका एक युवकलाई आफूहरू प्रहरी भएको बताउने समूहले स्कर्पियोमा राखेर लगेपछि परिवार चिन्तित बनेको छ। पुष्पेश भाटलाई शनिबार दिउँसो करिब साढे ३ बजे कोटेश्वरको नरेफाँटदेखि बोजेपोखरी जाने सडकबाट अज्ञात समूहले नियन्त्रणमा लिएर लगेको बताइएको छ। घटनाको २० घण्टा बितिसक्दा पनि उनको अवस्था सार्वजनिक भएको छैन। भाट…