चौतारा, २९ साउन । नेपाल–चीनबिचको उत्तरतर्फको प्रमुख व्यापारिक मार्ग ठप्प हुँदा व्यापारी मारमा परेका छन् । सिन्धुपाल्चोकको तातोपानीमा बर्खा सुरु भएसँगै निरन्तर सडक अवरुद्ध हुँदै आएको छ । साउनको झरीले पहिरो चलेपछि सडक पूर्ण रूपमा ठप्प भएको हो । अर्को नाका केरुङ पनि ठप्प नै छ । अरनिको राजमार्गको कोदारी खण्डको इकोमा झरेको विशाल पहिरोले…