भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए समकक्षी बालेन शाहलाई बधाई

काठमाडौं, १३ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिनुभएको छ । आज प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई दिनुभएको हो । उहाँले नजिकबाट काम गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो । दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको छु ।’

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १४ : २६  बजे