बाजुरा दुर्घटना : नेपाली सेनाद्वारा चार घाइतेको उद्धार

काठमाडौं, ८ साउन । नेपाली सेनाले बाजुराको जीप दुर्घटनामा परी घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याएको छ । नेपाली सेनाका अनुसार बाजुराको हिमाली गाउँपालिका–५ स्थित टुनिगडा इलाकामा बिहीबार किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी घाइते भएकाको उद्धारका लागि पश्चिम एयरवेश, सुर्खेतबाट…