गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित, सांसदको ‘हाटा’ प्रवृत्तिमाथि प्रश्न

काठमाडौं, २७ साउन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथिको छलफल अघि बढ्न सकेन। बैठकमा आवश्यक संख्यामा सांसद उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक एक साताका लागि स्थगित गर्नुपरेको हो। खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसद…