काठमाडौँ, २ भदौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुरक्षा निकायबाट नागरिक सुरक्षित हुनुपर्नेमा प्रहरी देखेर मानिसहरू डराउन थालेको अवस्था देखिन थालेको बताउनुभएको छ। मंगलबार विराटनगरमा आयोजित उद्घोष दैनिकको २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद झाले उद्योगी तथा व्यवसायीलाई अनाहकमा दुःख दिने काम गलत भएको बताउनुभयो। विराटनगरमा आधारहीन रूपमा उद्योगीका घरमा छापा मार्ने…