वाशिंगटन, २२ साउन । संयुक्त राज्य अमेरिकामा ‘क्यान्डिडा ओरिस’ को बढ्दो संक्रमणले चिकित्सा विज्ञहरूमा चिन्ता बढाएको छ । ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले जनाए अनुसार यस वर्ष हालसम्म अमेरिकाका २७ राज्यहरूमा खतरनाक ‘फंगस’ का प्रकारहरू फेला परेका छन् । औषधि प्रति प्रतिरोध क्षमता तथा प्रभावकारी खोप वा उपचारको अभावले गम्भीर चिन्ताको विषय बनाएको छ…