मुगु, २९ कात्तिक । मुगुको टोप्लामा रारा जाँदै गरेको गाडी आज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। आज बा १७ च १८६४ नम्बरको गाडी सडकबाट चार सय मिटर तल खसेको थियो । गाडी आज सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका थिए । तीमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।












प्रतिक्रिया