महाशिवरात्रिको दिन आज उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना

काठमाडौं, ३ फागुन । महाशिवरात्रिको दिन आज देशका उच्च पहाडी र हिमाली एकरदुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोसम्म तराइ भागका केही ठाउँमा कुहिरो कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।आज काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजे न्यूनतम तापक्रम ८।४ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसो केही बढेको हो । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ८।९ डिग्री सेल्सयस रहेको थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  ०८ : ०३  बजे