काठमाडौं, ११ साउन । प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशनमा हिजो २६ जुलाई २०२६ आइतवारका दिन सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षताबाट शुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा मध्यपूर्व महादेश कमिटी ईन्चार्ज रविन्द्र अधिकारी र एमाले केन्दिय सदस्य तथा प्रतिनिधि सभा सदस्य क्षितिज थेबे हुनुन्थ्यो ।

युएईमा क्रियाशील सम्पूर्ण संघ सस्थाका प्रमुख र प्रतिनिधीहरुको सहभागी भएको उक्त कार्यक्रमको संचालन मञ्चका सचिव सुमन कुमार भण्डारीले गर्नुभएको थियो।
आठौँ राष्ट्रिय अधिवेशनबाट १७ सदस्सीय राष्ट्रिय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ। जसको अध्यक्ष पदमा सुमन कुमार भण्डारी, उपाध्यक्ष प्रेम अधिकारी, सचिव मेघराज कण्डेल, उप-सचिव विनोद न्यौपाने र उप-सचिव मन्जु शाही रहनु भएको छ ।







प्रतिक्रिया