किएभ, १६ साउन । युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि दुई बालबालिकासहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट दुई वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रबार मृतकको सङ्ख्यामा संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत…