डेल्टाको मृत्यु : पाकिस्तानको सिन्धु डुब्दै र सङ्कुचित हुँदै

खारो चान, २० साउन । हबिबुल्लाह खट्टीले आफ्नो सुक्खा टापु गाउँ त्याग्नुअघि आमाको चिहानमा अन्तिम बिदाइ भन्न जाँदा उहाँका खुट्टामुनि नुनका तहहरू चर्किरहेका छन् । देशको दक्षिणमा सिन्धु नदी अरब सागरसँग मिल्ने डेल्टामा समुद्री पानीको प्रवेशले कृषि र माछा मार्ने समुदायहरूको पतन निम्त्याएको छ । ‘नुनिलो पानीले हामीलाई चारैतिरबाट घेरेको छ’, खट्टीले खारो चान सहरको…