काठमाडौँ, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले आत्मनिर्भरता विकसित भारतको आधार रहेको बताउनुभयो । भारत अहिले अमेरिकाबाट थप आयात करको दबाबमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई…