भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको ज्यान गयो

काठमाडौं, ७ वैशाख । भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका कारखानामा हिजो विस्फोट भएर आगलागी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । अरु ६ जना घाईते भएका बीबीसी हिन्दीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनामा आफन्त गुमाएका पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र ज्यान गएको घटना ‘दुःखद्’ भएको बताउनु भएको छ । घाईतेहरुलाई अस्पताल लगिएको र घटनाको जाँच शुरु भएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार  ०७ : २५  बजे