काठमाडौं, माघ १२ । राष्ट्रिय लिग फुटबलमा आज भएका खेलमा मनाङ मस्याङ्दी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा मनाङ मस्याङ्दीले काँक्रेबिहार क्लबलाई ५–१ गोलले हरायो । मनाङ मस्याङ्दीका गिडियन नाहले २ तथा सुरेश कुमाल, अनिल कुमार पन्चे मगर र नवराज गुरुङले १र१ गोल गरे ।…