विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

काठमाडौं, १० मंसिर । आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । हिजो मुम्बईमा एक कार्यक्रमकाबीच समूह विभाजनसहित टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको हो ।नेपालले सबै खेल भारतको मुम्बईमा खेल्नेछ । नेपालको समूहमा २–२ पटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली रहेका छन् । नेपालले इंग्ल्यान्डसँग पहिलो खेल आउँदो…