काठमाडौँ, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९ ओभर चार बलमा भेट्टायो । गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८६ रन बनाए ।
कोलकाताका वरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा, सुनिल नराइन र रमनदीप सिंहले समान एक÷एक विकेट लिए ।अहमदावादमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १८० रन बनायो । उसका क्यामरन ग्रीनले सर्वाधिक ७९ रन बनाए । गुजरातका कगिसो रबाडाले तीन तथा मोहम्मद सिराज र अशोक शर्माले समान दुईरदुई विकेट लिए । जीतसँगै ५ खेलमा ६ अङ्क जोडेको गुजरात तालिकाको चौथो स्थानमा छ । ६ खेल खेलेको कोलकाता एक अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।







प्रतिक्रिया