काठमाडौं, १२ पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बिहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा बिष्फोटक पदार्थहरु फेला पारेको हो ।ग्रामीण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने गोठ (थारो)मा…