सुनसरीको लौकहीबजार तनावग्रस्त : प्रहरीले गर्‍यो हवाईफायर

काठमाडौं, १७ पुस । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।बिहीबार (पुस १७) बिहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा…