काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गर्नुभएको छ । मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको बताउनुभएको हो । ‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने…