काठमाडौं, २५ पुस । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावत शुक्रबार दिउँसो घर नजिकैको जंगलमा घाँस–दाउरा काट्न गएकी बेला बाघको आक्रमणमा परेकी हुन् । स्थानीयका अनुसार दिउँसो करिब ३ः१० बजे बाघले आक्रमण गरी रावतलाई जंगलतर्फ तानेर लगेको थियो। सो घटनाको जानकारी स्थानीयवासीले…