दाहालको निधनमा कांग्रेसले भोलि पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको केन्द्रिय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।दाहाल २०५६ सालको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित हुनुभएको थियो । साथै २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो ।…