काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन निर्माण गर्नुपर्ने बताउनुभएको हो। आम नागरिकलाई विधिको शासनको प्रत्याभूति दिलाउन तथा संविधानबाट प्राप्त अवसर…