काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गर्नुभएको छ । हालै इजरायलबाट फर्केका उहाँहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्किनुभएका हो । शनिबारको भेटपछि…