काठमाडौं, ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनप्रतिनिधि र कर्मचारीलाई जनतालाई सन्तुष्ट पार्ने खालको सेवा दिन निर्देशन दिनुभएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा आइतबार गरिएको स्थानीय जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले सेवाप्रवाहमा कुनै पनि कमजोरी नगर्न निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, “जनतालाई सेवा गर्ने काममा कमी कमजोरी हुनु हुँदैन,…