सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग

काठमाडौं, ५ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले किसानका लागि मल र सिँचाइ सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग गर्नुभएको हो । सांसद अमरबहादुर रायमाझिले भन्नुभयो,‘नेपालका करिब ६२ प्रतिशत जनसङ्ख्या र ६३ प्रतिशत परिवार कृषिमा…