काठमाडौं, ७ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने विषय पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेकाले यसलाई निरन्तर बहसको विषय बनाउन नहुने बताउनुभएको छ। बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थापाले पार्टीलाई अन्त्यहीन बहसको ‘डिबेट क्लब’ बनाउन नहुने बताउनुभयो। महाधिवेशनका निर्णय र पार्टी…