प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा भोलि सम्बोधन

काठमाडौं, ८ असोज । संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुग्नुभएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले भोलि नेपाली समयअनुसार बिहान संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्नुहुनेछ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण…