प्रहरी कार्यालय आगजनी र हतियार लुट्ने सातजना पक्राउ

विराटनगर, २६ कात्तिक । झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । भदौ २४ गतेको घटनामा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड र प्रहरीका विभिन्न हातहतियार लुटपाट गरिएको थियो । घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार,…